नविना श्रेष्ठ
श्रावण २५,२०८०
२५औं विश्व स्काउट ज्याम्बोरीको सम्बन्धमा नेपाल स्काउटको प्रेस विज्ञप्ती निकालेको छ। अगस्ट १ देखी १२, २०२३, मा दक्षिण कोरीयाको झोल्लाबुक्दो प्रान्तमा आयोजित भएको ज्याम्बोरी कार्यक्रममा नेपाल स्काउटको तर्फबाट १६८ जाना सहभागी भइरहेको थियो ।यसै सन्दर्भमा विश्व स्काउट ज्याम्बोरीमा सुरुवात देखीनै अत्याधिक गर्मीका कारण सहभागीहरुमा बिभिन्न समस्याहरु आइरहेको र जसका बाबजुद विश्व स्काउट ज्याम्बोरीका बिभिन्न क्रियाकलापहरु संचालन हुदै आएकोमा, जापानी समुन्द्री तटबाट तिब्र गतिमा कोरीयातर्फ बढ्दै गरेको ‘खानउन टाइफुन’ले पार्न सक्ने संभावीत असरलाई मध्य नजर गर्दै सोमबारको बिहान मात्र दक्षिण कोरीया सरकारबाट ज्याम्बोरीका पुर्व निधारीत कार्यक्रमहरु स्थगित गर्दै ज्याम्बोरीका सहभागीहरुलाई स्थानान्तरण गर्ने जानकारी प्राप्त भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जनाएको छ।
यसै अनुरुप नेपालका सबै सहभागीहरु स्थानिय समय अनुसार बिहान ८ बजे सम्म सोउल स्थानन्तरण भैसक्ने जानकारी नेपाल स्काउटलाई प्राप्त भएको र २५औं विश्व स्काउट ज्याम्बोरीमा सहभागी सबैको सुरक्षामा अत्यन्त गम्भीर रहेको बताइएको छ।यस बिषयमा नेपाल सरकार र कोरीया स्थीत नेपाली राजदुतावाससंग निरन्तर सम्पर्कमा र समन्वयमा साथै हाल सबै नेपाली सहभागीहरु स्वस्थ र सुरक्षीत रहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ।
आयोजकको योजना अनुरुप ज्याम्बोरीको क्रियाकलापहरुलाई स्थानन्तरण पश्चात निरन्तरता दिन तयार रहेको र पुर्व निर्धारीत तालिका अनुसारनै स्वदेश फर्किने व्यहोरा सम्बन्धित सबैमा सामाजिक सञ्जालबाट भण्डारीले जानकारी दिएका छन्। यस बिषयमा कसैलाई केही जानकारी चाहीएको खण्डमा नेपाल स्काउटमा इमेल गरी वा ह्वाट्सएप नम्बर ९८५१००२८७० मा सम्पर्क गर्न समेत दिईएका छन्।नेपाल स्काउटले २५औं विश्व स्काउट ज्याम्बोरीका सन्र्दभमा प्रत्येक दिन विज्ञप्ती मार्फत जानकारी समेत गराउने व्यहोरा सम्बन्धित सबैमा जानकारी दिने बताएको छ।







