शहरी बिकास मन्त्रालयद्वारा गम्भीर ध्यानाकर्षण सम्बन्धि विज्ञप्ति जारी ।केही दिन अघि रौतहट जिल्लामा निर्माण हुने भनिएको विविध शहरी पुर्वाधारको शिलान्यास गरिएको बारेमा केही सञ्चारमाध्यममा गलत धारण र समाचार प्रकाशनप्रती मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भनि विज्ञप्ति
जारी गरिएको छ।

विज्ञप्तिमा मन्त्रालयको चालू आ.व. २०७९/०८० को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार सघन शहरी विकास कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको गौर बोर्डर टाउनमा शहरी पुर्वाधार निर्माण अन्तर्गत गौर सभाहलको लागि रु २० करोड र रामजानकी विवाह मण्डपका लागि रु८ करोड गरी कुल २८ करोड र बस्ती विकास कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको गौर र राजदेवी नगरपालिकामा विभिन्न शहरी पूर्वाधार निर्माण गर्न आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ बमोजिम बढीमा दुई वर्ष भित्र सम्पन्न हुने गरी श्रोत सुनिश्चितता सहित मन्त्रालयबाट २०७९ श्रावण ८ गते बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएको छ ।

सो अनुसार नै २०७९ श्रावण १६ गते पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपालज्यूबाट उक्त पूर्वाधार निर्माण कार्यको शिलान्यास भएको हो । रौतहट जिल्लाको गौर वोर्डर टाउनमा शहरी पूर्वाधार निर्माणको ( LMBIS Code ) ११.४.२२.४६७१, रौतहट जिल्ला गौर न.पा. अन्तर्गतका विभिन्न सडक तथा नाला स्तरोन्नतीको (LMBIS Code) ११.४.२२.४२८८ र रौतहट जिल्ला राजदेवी नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतीको (LMBIS Code )११.४.२२.१३५० मा उक्त कार्यक्रमहरु समावेश गरिएको छ ।

अतः स्वीकृत वार्षिक कार्यक्रम विना माथि उल्लेखितयोजनाहरु शिलान्यास भएको भनी विभिन्न संचार माध्यममा प्रकाशित समाचार र व्यक्त भएका धारणाबाट भ्रममा नपर्नु हुन सम्बन्धित सबैमा जानकारीका लागि यो विज्ञप्ती जारी गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय