काठमाडौ  / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग सम्बन्धित कार्यहरूमा ढिलाइ, अनावश्यक दबाब र लेनदेनका गुनासा प्राप्त भएको भन्दै कडा चेतावनी दिएका छन्।

मन्त्रीले भनेका छन्, “सिटिइभिटी सँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासा प्राप्त भएकोले यदि कोहीकसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।”

यस कार्यलाई रोक्न मन्त्रालयले कडा कदम चाल्ने योजना बनाएको छ र यस किसिमका कार्यहरूमा संलग्न कुनै पनि कर्मचारी वा अधिकारीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याइनेछ। मन्त्रालयले कुनै पनि अनियमितता सहन नसक्ने भन्दै नागरिकहरूलाई यसबारे सप्रमाण जानकारी गराउन आग्रह गरेको छ।

शिक्षा मन्त्रालयले पारदर्शीता र इमान्दारिता कायम गर्न यस किसिमका कदमहरू उठाएको र यसलाई थप प्रभावकारी बनाउन जनसहभागिता आवश्यक रहेको बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय