बूढानीलकण्ठ नगरपालिका /  शिबपुरि नागर्जुन राष्ट्रिय निकुञ्जको वार्डेन डा गणेश पन्थले बूढानीलकण्ठ नगरपालिका वडा  ५ टुसाल गाउँको खानेपानीको मुहान भत्काइ पाइप काटेर फालेको आरोप लागेको छ। यस घटनामा स्थानीय जनताले व्यापक विरोध जनाएका छन्। जनताको असन्तोषलाई ध्यानमा राख्दै, बागमति प्रदेशका खानेपानी, ऊर्जा, सिचाइ मन्त्री श्याम खड्का ज्यूसँग न्यायको माग गर्दै पत्र बुझाइएको छ।

वाड सदस्य रण बहादुर रास्वपाका बूढानीलकण्ठ नेता कृष्ण बहादुर तामाङ र नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरका उपाध्यक्ष इन्द्र लामा र भिम बहादुर तामाङले स्थानीय जनताको समस्या समाधानको लागि मन्त्री खड्कासँग पत्र बुझाएका छन्। पत्रमा मुहानको पुनर्निर्माण र स्थानीय जनताका खानेपानी आपूर्ति सुनिश्चित गर्ने माग गरिएको छ।

स्थानीय जनताले यस घटनाविरुद्ध व्यापक विरोध प्रदर्शन गरिरहेका छन्, जसले गर्दा खाद्यपानी आपूर्ति प्रभावित भएको छ र स्थानीय समुदायमा चिन्ता थपिएको छ। अब यो विषयलाई मन्त्रालयमा प्रस्तुत गरी उचित समाधानको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय