विभिन्न संचार माध्यम तथा सामाजिक संजाल मार्फत नेप्से परिसूचक तथा शेयरहरु खरिद वा बिक्रि गर्ने उतसाहित गराउने उद्देश्यले सूचना सम्पेषण लगायत विभिन्न माध्यमबाट भ्रम नफैलाउन एव नगराउन भन्दै धितोपत्र बोर्डले सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ विभिन्न संचार माध्यमहरू फेसबुक युट्युब क्लब हाउस जस्ता सामाजिक सञ्जाल मार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ धितोपत्र सम्बन्धी ऐन २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले अरुलाई मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्चित गरिएको छ र सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिक्का टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरू खरिद वा बिक्री गर्न वा नगर्न अभिवृद्धि गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थाले प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन वा त्यस्ता कार्यहरू अभिलम्ब रोक्न सूचित गरिन्छ भन्दै यो सूचनाको व्यवस्था गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको काम कारबाही सम्बन्धमा बोर्डले सूक्ष्म निग्रानी गरिरहेको छ र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने व्यहोरा समस्त लगानीकर्ताहरूलाई गराउँदै कसैको उक्साहटमा नलागे सोझबुझका साथ लगानी गर्नुहुन अनुरोध छ।
नेपाल धितोपत्र बोर्डले सूचना मार्फत कसैको उक्साहतमा नआइकन सुझबुझको साथमा लगानी गर्नेको लागि सबै लगानिकर्ताहरु लाई बोर्डले अनुरोध गरेको छ ।








