असोज १४ काठमाडौ/बागमती अन्लाईन खबर

काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम को बजेटबाट निर्माण गरिएको काठमाडौं महानगरपालिका वडा नं.१५ शोभाभगबती मन्दिर परिसर प्रबेश द्वारको समुद्घाटन प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट सम्पन्न भएको छ ।

समुद्घाटन कार्यक्रममा कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, चमति आयोजना प्रमुख रामबाबु महतो र समाजसेवी पुर्ण काजी ज्यापु र स्थानीय जनसमुदायको सहभागिता रहेको थियो। कार्यक्रमको सभापति चमति मिसा खलको अध्यक्ष कमला महर्जन रहनु भएको थियो भने सन्चालन मन्दिरा महर्जनले गर्नुएको थियो। उक्त प्रबेश द्वार निर्माण कार्य चमति मिसा खल र चमति नेवा खलको सक्रियतामा भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय