श्रम तथा रोजगार मन्त्री  शेरबहादुर कुवर र एकीकृत ट्रेड युनियन महासंघ  नेपाल आइसिटियू बिच आज भेटवार्ता कार्यक्रम भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको उक्त भेटमा श्रमिकहरूको समस्याहरु बारे बृहत छलफल एवं समस्याको समाधानको बिषयमा छ्लफल भएको हो।

यातायात क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने सम्बन्ध  लगायत मजदुर विरोधी ऐन तथा कानुन संशोधन लगायतका विषयमा बृहत छलफल भएको एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य रवि केसीले बताउनु भएको थियोे भने श्रम तथा रोजगार मन्त्रीले समेत समस्यालाई गम्भीरता पुर्वक लिनुभएको जानकारी दिनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय