काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज दोस्रो पटक फेरि सुरु भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ । बैठकमा पालिकाको चुनावको मितिको बारेमा छलफल भइरहेको छ । आजको बैठकले मिति तय गर्ने सम्भावना रहेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन । थप छलफल गरी निर्णयका लागि फेरि अहिले  बेलुका बैठक बस्ने भनी छलफल टुङ्गिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय