सत्ता गठबन्धनका दलहरुबाट कार्यकर्ताहरुलाई आज प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ
काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन्।
उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ।
आज हुने प्रकारको क्रममा सत्ता गठबन्धनका कार्यकर्ताहरु उपस्थित रहने भनी जानकारी प्रदान गरिएको हो उक्त प्रशिक्षण कार्यक्रममा विशेषता निर्वाचन केन्द्रित तथा आगामी कार्यदिशाको सोसम्बन्धी प्रशिक्षण हुने भन्ने कुरा पनि बताएको हो ।







