समाजवादी प्रेस संगठनले बिना छलफल बिना निष्कर्ष नेपाल पत्रकार महासङ्घको निर्वाचन मिति घोषणा गरेकोप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति निकालेको छ। उक्त प्रेस विज्ञप्तिमा सदस्यता विवाद हल गरेर मात्र निर्वाचनमा जानुपर्ने समाजवादी प्रेस संगठनलेको जिकेर छ। महासङ्घले निर्वाचनको घोषणाको कार्यतालिका सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै विज्ञप्ति निकालिएको हो।

सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक विषय हो ।महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ । यस संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले उक्त सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि जेठ २० गते छलफलका निम्ति विभिन्न संघ, संगठनलाई बोलायो । दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो । तर, महासंघले प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय हो । पत्रकारलाई महासंघको सदस्यताबाट वञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडवाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन । तसर्थ, सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ नेतृत्वलाई हामी आग्रह गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय