देशमा दुई नाम चलेका युवा सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कारको आरोप लागेको लामो समयपछि क्रिकेटर सन्दीप लामिछाने धरौटी बुझाएर बाहिर निस्किएका छन् । साथै अर्का नेपालि युवा सेलिब्रेटी पल सहा भने अहिले सम्म थुनामा नै रहेको ।पल शाह लामै समयदेखि थुनामा छन् भने सन्दीप शुक्रबार मात्रै २० लाख रुपैयाँ धरौटी बुझाएर बाहिर निस्किएका छन् ।करिव छ महिनाको फरकमा नाबालिक किशोरीका अभिभावकले जाहेरी दिएसंगै मुद्धा अदालतमा पुगेको हो ।

यस विषयमा अभिनेता सविन श्रेष्ठले एक पोस्ट सार्वजनिक गरेका छन् । सामजिक सन्जालमा उनी लेख्छन् – ‘भर्खरै खेलकुद जगतमा खुसीको खबर, चलचित्र क्षेत्रमा पनि खुसीको खबरको प्रतीक्षा । आज निर्धक्कसंग भन्छु- मलाई नेपाली कानुनप्रति पुर्णतः विश्वास छ । अब पालो २०७९ माघ ३ गते पनि न्याय हुन्छ । नेपाली चलचित्र उद्योगमा एउटा कलाकार कमि भएकै हो । नेपाली चलचित्र क्षेत्रमा तथा त्यसबाहेक आवश्यक परेको बेलामा समेत आफ्नो ज्यानको वास्ता नगरी उहाँले गर्नुभएको अमूल्य योगदान सदैव स्मरणीय रहन्छ नै । चलचित्र क्षेत्रले हर समय स्वागत गर्न आतुर छ । नोट : एउटा कलाकारबाट अर्को कलाकार प्रतिको माया ।’

 

योसंगै उनले लामिछाने र शाहको तस्विरसमेत सार्वजनिक गरेका छन् ।श्रेष्ठको अपेक्षा एउटा नेपाली समुदाय कै मानिसको अपेक्षा हो । सामाजिक सन्जालमा देखिने पोस्टहरुले र पोस्टमा आउने टिप्पणीले पल छुटेको हेर्न चाहन्छ। अझ उस्तै-उस्तै लाग्ने यी दुई मुद्दा फरक रुपमा अघि बढेकोमा सन्जाल प्रयोगकर्ता सन्तुष्ट छैनन् ।तर वास्तवमा सन्दीप छुटेका या भनौँ मुद्दा किनारा लागेको भने होइन । उनले बाहिर बसेर मुद्दा लड्न पाउने मात्रै भएका हुन् ।

 

क्रिकेटर सदिप लामिछाने तारेखमा जानुपर्ने लगायात काठमाडौँ छाडन नपाउने र देश छोड्न नमिल्नेदेखि उपत्यका छोड्नका लागि समेत उनले अनुमती लिनुपर्ने छ ।पीडित भनिएकी युवती र उनको परिवारलाई भेट्न पाउँदैनन् भने यस विषयमा उनले बोल्न समेत नपाउने भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय