काठमाडौ जिल्ला अदालतले  सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले  नेपालको क्रिकेटर समेत रहेका सन्दिप लामिछानेलाई  दोषी ठहर गर्दै सजायको आदेश दिएको छ ।

 सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । यधपी सजाय निर्धारणको लागि अर्को पेशी तोकि तोकिएको छ । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय