सभामुखमा देवराज घिमिरे १६७ मतका साथमा निर्वाचित ।नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख १६७ मत प्राप्तगरि निर्वाचित भएका छन् । घिमिरे झापाबाट निर्वाचित सासद हुन ।
आज बिहीबार प्रतिनिधि सभामा भएको मतदान प्रक्रियाबाट घिमिरे सभामुख निर्वाचित भएका हुन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन १३८ मत चाहिनेमा घिमिरेले १६७ मत प्राप्त गरेका छन् ।
सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे १६७ र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले १०० मतका साथमा रहेकोे थियो ।







