बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ चपली अवस्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लि को १३ औ बार्षिक साधारणसभाबाट दामोदर पौडेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । आज भएको उक्त कार्यक्रमको सभापतिमा संस्थाका निवर्तमान अध्यक्ष सुशील पौडेलको सभापतित्वमा कार्यक्रम आयोजना भएको हो । 
यहि २०७९ पौष १६ गते शनिबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ अवस्थित तपेस रिसोर्टमा भएको उक्त सभाबाट पौडेललाई निर्विरोध संस्थाको अध्यक्षमा चयन गरिएको थियोे भने संस्थाको १३ औ सभामा नया संचालक समिति सहित लेखा समितिको पनि चयन गरिएको हो । 
आज भएको उक्त सभाको कार्यक्रम संचालन उषा के.सि ले गर्नुभएको थियोे भने कार्यक्रममा मुख्य अतिथिमा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी लगायत विषेश अतिथिमा नगरउपप्रमुख अनिता लामा,बूढानीलकण्ठ वडा ९ का अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र बूढानीलकण्ठ नगरपालिका सहकारी बिभाग प्रमुख अच्युत खड्काको साथमा समाजसेवी, सहकारीकर्मीहरु समेत उपस्थिति रहेको थियोे । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदन पेश गरिएको थियोे भने संस्थाको वर्तमान अवस्थाको जानकारीको साथमा भावि योजनाको बारेमा संस्थाका निवर्तमान प्रवन्धक दामोदर पौडेलले बताउनुभएको थियोे साथै देशको महामारी कोभिड १९ मा संस्थाले आफ्ना सदस्यहरुलाई गर्जो टार्न अप्ठ्यारो परेको बेला र समस्या परेको बेलामा सदस्यहरुलाई हरदम सहयोग गरेको समेत बताउनुभएको थियोे ।कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले समायोजन बचत तथा ऋण सहकारी संस्था बूढानीलकण्ठ नगरपालिकाको सफल संस्था मध्यको एक भन्दै आफ्नो धारण राखेका थिए भने सहकारी बिभाग प्रमुख अच्युत खड्काले सहकारीको नियमन गर्दा सहकारीको ब्यवस्थापन राम्रो गरेको भन्दै आफ्नो धारण प्रस्तुत गरेका थिए ।
संस्थामा हाल चयन गरिएको नया संचालकको लागि निम्नलिखित प्रक्रियाबाट चयन गरिएको हो ।









