बूढानीलकण्ठ, काठमाडौं – बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ अवस्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६औं वर्ष प्रवेशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आगामी असोज २१ गते, सोमबार, नारायणस्थानस्थित शिवपुरी ब्याङ्क्वेटमा बिहान ७:३५ बजेबाट सुरु हुनेछ।
कार्यक्रममा बडादशैं, तिहार, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान गरिनेछ। यस अवसरमा सहकारीका सदस्यहरू मात्र नभई, संस्थासँग परिचित सबैलाई उपस्थित हुन हार्दिक निमन्त्रणा गरिएको छ।
संस्थाको १६ वर्षे सफल यात्रालाई मनाउने र सदस्य तथा शुभेच्छुकहरूसँग सुमधुर सम्बन्ध स्थापित संस्थाको उद्देश्य रहेकोे छ । कार्यक्रमलाई थप रमाइलो बनाउन चिया खाजाको विशेष व्यवस्था पनि गरिएको छ।”सहकारीको सदस्य हुनुपर्ने कुनै बाध्यता छैन। जसले पनि यो अवसरमा सहभागिता जनाउन सक्नुहुन्छ,” संस्थाका अध्यक्षले बताएका छन ।







