मंगलबार मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ भने ३ वटा मन्त्रीस्तरिय निर्णय पनि भएको छ जसमा सरकार नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ । बैठकले सुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

अर्को निर्णयमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति भएको छ।

युनाइटेड नेशन फुट सिस्टम कार्यक्रम इटालीमा आयोजना हुने लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।

त्य्सैगरि अर्को निर्णयमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रविन मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय