काठमाडौ – नेपाली संगीत क्षेत्रमा निरवत प्रयासरत गायक, संगीतकार, र गीतकार सविन श्रेष्ठले आफ्नो नयाँ गीत ‘माया’ को प्रोमो सार्वजनिक गरेका छन्। यस प्रोमोले दर्शक र श्रोताहरूको बीचमा उत्साह जगाएको छ।
गीत ‘माया’ मा सविन श्रेष्ठले शब्द, संगीत, र स्वर दिएका छन्। गीतलाई बेगेन्द्र बुढाले प्रोड्युस, मिक्स, र मास्टर गरेका छन्। गीतको रेकर्डिङ रेकर्डिङ स्टुडियो नेपालमा गरिएको हो।
भिडियोमा बिकेश श्रेष्ठ र प्रभिना वाइबाको मुख्य भूमिका छ। डिमेश श्रेष्ठको निर्देशनमा तयार भएको यो म्यूजिक भिडियोले प्रेमको गहिराईलाई सरल तर भावनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। भिडियोको छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। कलर ग्रेडिङ रेनिश फागोको हो जसले भिडियोको दृश्यात्मक पक्षलाई आकर्षक बनाएको छ।
गीतको निर्माण टिम:
निर्माताहरूमा किरण श्रेष्ठ, दिनेश श्रेष्ठ, सुशान्त श्रेष्ठ, राज कुमार श्रेष्ठ, अमृत श्रेष्ठ, ब्रजेश श्रेष्ठ, हेमन्त श्रेष्ठ, सगुना श्रेष्ठ, कुमार श्रेष्ठ, प्रकाश कार्की, लक्ष्मण श्रेष्ठ, सुमित तामाङ, र राजेन्द्र श्रेष्ठ रहेका छन्।
विशेष धन्यवाद:
यस प्रोजेक्टलाई सफल बनाउन विशेष धन्यवाद व्यक्त गरिएको छ, जसमा संजय श्रेष्ठ, रामलाल श्रेष्ठ, कुलेखानी लेक भ्यू रिसोर्ट, बालकृष्ण गोपाली, सुरेश श्रेष्ठ लगायतका नामहरू सामेल छन्।
प्रोमोको सार्वजनिक भएको केहि समयमा नै यसले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको छ। भिडियोले छोटो समयमै ४,५०० भन्दा बढी भ्यूज र १५० भन्दा बढी लाइक्स पाइसकेको छ। गीतको सम्पूर्ण निर्माण टिमले नेपाली संगीत क्षेत्रको विकासमा यो गीतले विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
गीत ‘माया’ को पूर्ण भिडियो चाँडै नै सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसले नेपाली संगीतप्रेमीहरूलाई एक नयाँ अनुभव दिने आशा गरिएको छ।
प्रोमो भिडियो लिन्क;-







