कास्कुनद्वारा जिल्ला प्रशासन कार्यलयमा मागपत्र बुझाउन भन्दै सबै सहकारीलाई उपस्थितका लागि अनुरोध गर्दै लामो समयदेखि सहकारी संस्थाहरुमा देखा परेको समस्यालाई लिएर सरकार समक्ष चरणबद्द विभिन्न बिरोध कार्यक्रम गर्दै आउने क्रममा आज जिल्ला प्रशासन कार्यलयमा मागपत्र बुझाउने भएको छ ।
काठमाडौ बचत तथा ऋण संघ (कास्कुन) द्वारा राष्ट्र सहकारी महासंघ लि ले तय गरेको आन्दोलनको कार्यक्रम अन्तरगत मिति २०८० जेठ १३ गते अर्थात आजको दिनमा जिल्ला प्रशासन कार्यलयमा माग पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
कास्कुन द्वारा जारी गरिएको सुचना अनुसार राष्ट्रिय सहकारी महासंघ लि ले तय गरेको चरणवद्ध आन्दोलनको कार्यक्रम अनुसार महासंघका वरिष्ठ उपाध्यक्ष एवं महासंघबाट गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लज्यूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा शान्तीपूर्ण जुलुस सहित माग पत्र बुझाउने कार्यक्रम रहेकोले काठमाडौमा संचालित सम्पूर्ण सहकारी संस्थाहरुलाई मिति २०६० साल जेठ १४ गते आइतबार बिहान ठिक १० बजे जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडीमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ भनी आह्वान गरेको हो ।







