आज बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा कायम भएको छ ।
समग्र बजारलाई हेर्दा नेप्से बढे पनि कारोबार भएको रकम पनि घटेको छ। मंगलबार मात्रै १८ अर्ब६४ करोडको सेयर खरिद बिक्री भएको र आजको दिन भने कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख बराबरको सेयर खरिद बिक्री भएको छ।
आजको दिन तीनवटा सेयरहरूको सकारात्मक सर्किट लागेको छ। हिमालयन हाइड्रोपावर लिबर्टी इनर्जी मिड सोलु हाइड्रोपावर मा सकारात्मक सर्किट लाएर बन्द भएको हो। त्यसैगरी आज कारोबारको दिन आत्मनिर्भर लघुभित्र बढेको छ भने पिपल हाइड्रोपावरको ९%ले वृद्धि भएको त्यसैगरी आजको कारोबारमा ६.८८%ले कर्णाली डेभलपमेन्ट बैंकमा सेयर मूल्य घटेको छ।
समग्र बजारलाई हेर्दा १३ उपसमूहमध्ये साथ उपसमूहको परिसूचक बढेको र छ उप समूह वरिष्ठ घटेको छ आजको दिन लगानी उपसमूह परिसूचक सबैभन्दा बढी बढेको छ भने अन्य उपसमूहको वृद्धि दर हुने १ प्रतिशत भन्दा कम रहेको छ। साथै वित्त उपसमूहको परिसूचक सर्वाधिक प्रतिशतले घटेको छ। लघुवित्त व्यापार उप समूह परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







