असार २ काठमाडौ ।स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको बताएका छन्। उनले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको जानकारी दिएका छन्।

उनका अनुसार बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूलसमेत भत्काएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पूर्‍याएको मन्त्री तामाङको दाबी छ।

उनले ५० जनाभन्दा बढी बेपत्तासमेत भएको जानकारी दिएका छन् ।

त्यसै गरि उहाँले मेलम्ची र ईन्द्रावती खोलामा ठूलो बाढी आईरहेकोले मेलम्ची, ईन्द्रावती, सुनकोशी र सप्तकोशी नदीकिनारका बासिन्दहरुमा सचेत रहन अनुरोध गर्नु भएको  छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय