सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन जना मन्त्री सरकार जाने निश्चित प्राय भएको छ भने सोही क्रममा एकजना राज्यमन्त्री सहित सरकारमा सहभागी हुने भएको हो ।
एमाले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने भएको हो। एमालेलाई एक राज्यमन्त्री पनि दिने तयारी भए पनि मन्त्रीको टुंगो भने लागिसकेको छैन।
मन्त्रीको नाम टुंगो लगाउन सोमबार २ बजे संसदीय दलले बैठक बस्दैछ। यस्तै, नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने तयारी भएको जनाइएको छ। उनलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेबारी दिइने भएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त भइसकेका छन्।







