काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन । मन्त्रालयले सहरी विकास र पूर्वाधार निर्माणको काम सहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताएका हुन्।

उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदिका सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उहाँको भनाइ थियो । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु त्यसमा केही समय लाग्छ ।अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उहाँले सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताएका हुन् देशभर सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणाली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको मन्त्रि श्रेष्ठले बताएका छन्
उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय