नेपाल नगरपालिका संघको ३१ औं स्थापना दिवसको एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरु थप जिम्मेवार हुनुपर्ने बताएका छन् ।

मंगलबार नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरुको हाकिमका लागि सिंहदरबार कुदेरै कार्यकाल पूरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामती ऐन बनेमा यसको समाधान हुने बताएका छन साथै संघीय निजामति ऐन सदनमा दर्ता भइसकेको छ र त्यो पास भएपछि अधिकांश समस्या समाधान भएर जानेछन भनी मन्त्री जोशीले बताएका हुन ।

उनले भने, ‘अहिले हामी स्थानीय तहलाई केही निर्देशन दिन सक्ने अवस्थामा हामी पनि छैनौँ । अहिलेसम्म एउटा ऐन ल्याउन सकेका छैनौँ । संघ र प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था त बेहाल थियो नै सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखहरुलाई विकास निर्माणभन्दा कर्मचारीलाई कसरी ल्याउने व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान जाँदो रहिछ ´ पहिलेको सरकारले पेस गरेका विधेयक र सुरु गरेका काम अहिले आफ्नो पोल्टामा आएको भन्दै मन्त्री जोशीले आफू जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय