असोज १९ झापा/ बागमती अन्लाईन खबर

एलपी जोशीलाई नारायण गोपाल स्मृति पुरस्कार
दमक – लोकगायक एलपी जोशीलाई स्वर सम्राट नारायण गोपाल स्मृति पुरस्कार २०७७ प्रदान गरिएको छ।           

नेपाली लोक गीतसंगीतको क्षेत्रमा विशेष योगदान पुर्याए वापत जोशीलाई ताम्रापत्रसहित २५ हजार नगद राशीले सम्मान गरिएको हो । स्वर सम्राट नारायण गोपालको स्मृति दिवसमा हरेक बर्ष १९ मसिंरमा पर्ने भएपनि कोरोना संक्रमणका कारण ढिलो गरि १८ असोज दमकमा कार्यक्रम गरि पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार स्वर सम्राट नारायण गोपाल स्मृति कोषले २०५६ सालयता बर्षेनी प्रदान गर्दै आएको छ । शुरुका दिनमा पुरस्कारको राशी नगद १० हजार भएपनि हाल बढाएर नगद २५ हजार बनाइएको कोषका महासचिव तथा काठमाडौं महानगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपक केसीले जानकारी दिएका हुन । यहि ३० औं स्मृति दिवसको अवसरमा कोषले पहिलो पटक नारायण गोपाल निवास बाहिर गएर जोशीलाई सम्मान गरेको आयोजकले जनाएको गराएको हो । दार्जीलिङका वरिष्ठ स्रष्टा जीवन अधिकारीको प्रमुख आतिथ्यमा दमकमा आयोजित कार्यक्रममा नारायण गोपाल संगीत कोषका सदस्य एबम् संगीतकार राजकुमार श्रेष्ठले वरिष्ठ लोक गायक जोशीलाई दमक नगरीमा आएर सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । सम्मानित जोशीका वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर……. रिटिङ रिटिङ नबजाउ विनायो……. बोलका लोकगीत अहिले पनि कालजयी बनेर गुञ्जिरहन्छन ।


निर्माण व्यावसायि महासङ्घका केन्द्रिय सदस्य ,मेची ट्रान्सपोर्ट एसोसिएसनका बरिस्ठ उपाध्यक्ष युवा समाजसेवि श्याम प्रसाईं (एस पि) ले नारायण गोपाल संगीत कोषका प्रतिनिधिहरुलाइ बिमानस्थलको विशिष्ट कक्षमा सम्म गर्नुको साथै बिमानस्थल सम्म आउन जानको लागि यातायातको सुबिधा ब्यबस्थापन गरि कोषलाई सहयोग गर्नु भएको थियो।

सो कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एबम समालोचक हेम अधिकारी, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की, साहित्य चौतारी विर्तामोडका अध्यक्ष हस्त परियार, साहित्यकार सुमित्रा बाङदेल चेली, दिलिप राई सगर, संगीतकार अनिल फागो लगायतले बधाई तथा शुभकामना दिएका थिए । शंकर चापागाइँ धनकुटे कान्छाले सञ्चालन गरेको कार्यक्रममा नारायण गोपाल संगीत कोषका सदस्य राजकुमार श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय