नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले हरेक कठिनाइमा पनि सतिसाल बनेर उभिन जरुरी रहेको बताउनु भएको छ ।
एकीकृत समाजवादी दाङले शनिबार आयोजना गरेको नेत्रलाल अभागीको ४० औं स्मृति दिवसका अवसरमा पूर्वमन्त्रीसमेत रहनु भएका चौधरीले ‘क्रान्ति गर्दा अप्ठ्यारो हुन्छ । दुःख हुन्छ । अवसरवादीहरुले खुट्टा कमाउँछन् तर नेत्रलालले भन्नुभए जस्तै एउटा क्रान्तिकारीले मात्र आँधी र हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्छ । जटिल परिस्थितिको सामना गर्न सक्ने ’ बताउनु भयो ।
पार्टी निर्माण गर्ने बेला, पार्टीलाई बलियो बनाउँने बेला केही अवसरवादीहरुले खुट्टा उचालेको भन्दै हिजो एमाले बन्दैन भनेर कुर्लिनेहरु आज किन उतै लागे ? उनीहरुलाई कार्यकर्ताले प्रश्न गरिरहने छन् । र प्रश्नको जवाफ दिन नसकेर उनीहरु भाग्नु पर्ने छ ।’ एमालेमै फर्किएका नेताहरुलाई लक्षित गर्दै चौधरीले त्यस्तो बताउनु भएको थियो ।







