हवाई प्रतिबन्धको बिषयमा पुर्नबिचारका लागि ईयु आउने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू) को कालो सूची हवाई प्रतिवन्धमा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको प्रतिनिधि टोली नेपाल आउनेभएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मूल्याङ्कनमा नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएको र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा नेपाल विश्वको औसतभन्दा उच्च अवस्था देखिएपछि ईयू विनासर्त अडिट गर्न नेपाल आउने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार आयोजना गरेको आर्थिक वर्ष
२०७९/८० को बजेट तथा आगामी कार्यक्रमका प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
जीवनराम श्रेष्ठले छिट्टै नेपालको हवाई सुरक्षा सूचीबाट हट्न लागेको बताउनुभयो ।
आइकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेकाले सम्बन्धित पक्षले उड्डयन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट
पठाउने भनिसकेको उल्लेख गर्दै उहाँले यो कुरा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले भोलिका दिनमा नेपालबाट युरोपमा उडानगर्न सकिने बताउनुभयो ।







