बर्तमान सामाजिक समस्याको रुपमा रहेको मिटर ब्याजलाई हास्य टेलिसिरियल मार्फत निर्माण भएर टेलिभिजनको पर्दामा प्रशारण हुने भएको छ । काब्या श्रेष्ठको प्रस्तुति एवम् रिद्दी श्रेष्ठको निर्माणमा उक्त हास्य टेलीसिरियल “मिटर ब्याज” को निर्माण हुने भएको हो । उक्त टेलिसिरियलको शुभमुर्हत गर्दै निर्माण पक्षले ट्रेलरको लागि शूट गर्ने कार्य समेत सप्पन्न गरेको दर्शकहरु माझ चाडै टेलिभिजनको पर्दामा प्रशारण हुने भएको छ ।

हास्य टेलिसिरियल मिटर ब्याजमा कलाकारहरुमा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रिया रिजाल,शुभेच्छा थापा साथै नेपाली मनोरञ्जन क्षेत्रका चर्चित हाष्य कलाकार माधव दत्त, यादव देवकोटा (सरापे) को साथमा विभिन्न चलचित्रमा अभिनय गरिसकेका पि.एल श्रेष्ठ एवं आशा बिश्वकर्मा र जुनु कुंवरको समेत अभिनय रहने भनी निर्माण पक्षले जानकारी गराएको छ ।

टेलिसिरियल मिटर ब्याजको कथामा पि.एल.श्रेष्ठ पटकथा एवं संबाद र निर्देशन रत्नकाजी जोशी, सम्पादक बिश्व खड्का, छायाँकन निकेश महर्जन, मेक-अप सुमन शंकर र पोस्ट प्रोडक्सनमा ब्रम्हायणी डिजिटल मिडिया प्रा.लीको रहने उक्त सिरियल अबको केहि दिनमै टेलिभिजनको पर्दामा दर्शककोमाझ ट्रेलर हाष्य टेलिसिरियल मिटर ब्याजको आफ्नो युट्युब च्यानल मिटर ब्याजबाट प्रशारण हुने भएको छ।

उक्त सामाजिक विषयबस्तुलाई हास्य सिरियल मार्फत प्रशारण हुन लागेको टेलिचलचित्र हेरिदिन हुनको लागि मिटर ब्याज टेलिसिरियल टिमले दर्शकहरु माझ अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय