आज करिब दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको बेला ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ।

अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो। त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय