फागुन २७ काठमाडौ / गायक प्रकाश सपुतले केही दिनअघि युट्युबमा नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।उक्त गित सार्वजनिक गरेको केही समयमा नै यसले तरंग ल्याएको हो सो गीतमा माओवादी द्वन्द्वको लक्ष्य प्राप्ति र त्यसले निम्त्याएको भयवहबारे चित्रण गरिएको छ ।माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ।गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

सार्वजनिक गरिएको उक्त गितमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् । शब्द र संगीत प्रकाश सपुतको नै रहेको गीतको भिडिओको कथा तथा निर्देशन पनि उनैले गरेका हुन् ।

 

https://youtu.be/Gep3jLq32OI

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय