कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको यथार्थ जानकारी संकलन गरी आगामी कार्ययोजना तयार गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको मूल्यांकन गर्न आइतबार मन्त्रालयमा आयोजित आकस्मिक बैठकमा मन्त्री अधिकारीले क्षतिको सही तथ्यांक छिटो उपलब्ध गराउन निर्देशन दिनुभएको हो।

बैठकमा मन्त्री अधिकारीले बाढीका कारण धेरै कृषि उत्पादनमा असर पुगेको प्रारम्भिक सूचना प्राप्त भएको जनाउँदै त्यसको प्रभावलाई कम गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। यसै बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले क्षतिको यकिन तथ्यांक संकलन गरी आगामी रणनीति बनाउने निर्णय भएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय