कार्तिक ७ काठमाडौ/बागमती अन्लाईन खबर
ओलम्पिक संघहरुको छाता संस्था ‘एशोसियसन अफ नेसनल ओलम्पिक कमिटी’ एनोकको आजदेखि सुरु भएको साधारण सभामा नेपालको पनि सहभागिता रहेको छ।

ग्रिसको क्रेटमा भैरहेको एनोकको २५ औं साधारण सभामा नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालको प्रतिनिधित्व गरिरहेका छन। एनोकको साधारण सभा आज र भोलि संचालन हुनेछ। भएको छ । एनओसीका महासचिव निलेन्द्रराजश्रेष्ठले एनोकको साधारण सभामा ओलम्पिकका केही महत्वपूर्ण व्यक्तित्वहरु संग भेटघाट र छलफल हुने जानकारी दिएका छन।

नेपाली प्रतिनिधि मण्डल मंगलवार स्वदेश फर्कदैंछ।         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय