१२ मंसिर /       मजदुरहरु द्वारा न्यायका निम्ति भनि पशुपति क्षेत्रबिकास कोषअगाडि धर्ना बसेका छन।आइतबार बिहानदेखि मजदुरको न्यायको निम्ति भनी पशुपतिक्षेत्र बिकास कोष अगाडि मजदुरहरुले निरन्तर आन्दोलन गरिरहेका छन ।

पशुपति क्षेत्रबिकास कोषले १४ माघ ०७८ को परिषदको निर्णय बिपरित बिना सुचना , बिना जानकारी ६६ जना श्रमिकहरूलाई साउन १ गतेदेखि नियमित काममा हाजिर गर्न बञ्चित गरेको हो भनी जानकारी गराएको छ। चार महिना देखि श्रमिकलाई कोषको गेटमा धर्नामा बस्न बाध्य पारेको । कमिसनको खेलमा श्रमिकलाई आउटसोर्स कम्पनीमा धकेल्ने कोषको सुनियोजित षड्यन्त्रको बिरूद्ध मजदुरको न्यायको निम्ति आन्दोलन गरिएको नेकपा एकीकृत समाजवादी मजदुर बिशेष जिल्ला कमिटी काठमाडौंका सचीव रबि के.सि ले जानकारी गराएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय