पौष ११ काठमाडौ :-/ नेकपा (माओवादी केन्द्र) को आजबाट सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्र पार्टी सहित देशका प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको जानकारी दिएका छन।उक्त सम्मेलन दिउँसो १ बजे हुने भनिएको थियोे तर समयलाई परिमार्जन गर्दै ३ बजे बाट सुरु हुने पनि सचिब ढकालले जानकारी गराएका छन ।राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरणका साथै थप तयार गर्नुपर्ने भएकाले उदघाटन सत्र दुई घण्टा पछि सार्नुपरेको माओवादी केन्द्रले जनाएको छ ।
हिजो माओवादीको स्थायी कमिटी बैठक बसेको थियो भने उक्त बैठक बाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आजको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ।







