काठमाडौ / शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।सुनिल शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु केही समययता आन्दोलित छ्न।
शिक्षा मन्त्रीसमेत उपस्थित बैठकमा विभिन्न कलेजका संचालक शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार बढी शुल्क लिन पाउनुपर्ने अडान राखेका थिए। चिकित्सा शिक्षा आयोगको निर्णय अनुसारकै शुल्क लिनुपर्ने बैठकको निर्णयमा पनि उनले “नोट अफ डिसेन्ट” लेखेर निस्किएका थिए।
तर बैठकमा आफ्नो असहमति जाहेर गरेर शिक्षा मन्त्रालयको गेट बाहिर निस्किन नपाउँदै उनी विद्यार्थीहरुको आक्रमणमा परेका छन्। मन्त्रालय परिसरमै उनलाई नोबेल मेडिकल कलेजमै अध्ययनरत विद्यार्थीले मोसो दलेको खुलेको छ। साथै नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी सङ्गठ्न अनेरास्ववियुका नेताहरु रहेको छ्न भने प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो।
पाँच जनाको समूहमा शिक्षा मन्त्रालयको गेटमा पुगेका उनीहरुले सुरुमा शर्मालाई ‘नमस्कार सर’ भनेका थिए। त्यसपछि उनीहरुलाई नमस्कारको प्रत्युत्तर पनि दिन नपाउँदै शर्मामाथि मोसो दलिएको हो। कालोमोसोले अनुहार पोतिएर शर्मा कालै भएका थिए। त्यसपछि उनी मन्त्रालयमै मुख धोएर सिंहदरबारबाट बाहिरिएका हुन।







