प्रदेश १ अहिले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार संचालनमा रहेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालयहरुलाई फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ ।

अब प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र १ राज्यमन्त्री छन् । मन्त्रिपरिषद आइतबार नेपाली कांग्रेसबाट ३, नेकपा एकीकृत समाजवादी पार्टीबाट ३ र माओवादी केन्द्रबाट २ जना थप भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय