शहरी विकास मन्त्री रामकुमारी झाँक्री द्वारा यहि माघ २७ गते विहिवार नवलपरासी वर्दघाट नगरपालिकामा २ सय परिवारलाई लालपुर्जा बितरण गर्ने भएको छ।
उहाँको निजि सचिवालयले दिएको जानकारी अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले माघ २७ गते विहिवार दिउँसो १ वजे नवलपरासीकाे वर्दघाट नगरपालिका ९ काे वडा कार्यालयमा करिव २ सय घरपरिवारलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेका जानकारी प्रदान गरेको छ।
साथै लालपुर्जा बितरण गर्ने उक्त कार्यक्रममा त्यस क्षेत्रका सम्पूर्ण पत्रकारहरुलाई समाचार सकंलनका लागि उपस्थित हुन अनुरोध समेत गर्नु भएको छ।







