फागुन ११/ नेपाली कलाकार जयनन्द लामाको निधन भएको छ । उनी नेपाली चलचित्र लगायत टेलिचलचित्रमा पनि अभिनय गरिसकेका कलाकार हुन भने जिरे खुर्सानी जस्ता प्रख्यात कार्यक्रमहरुमा आफ्नो बेजोड अभिनय समेत गरेका कलाकार हुन। पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गिती नाटक गरि दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय थिए।







