माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कमिटीको आज कार्यालय उदघाटन गरिएको छ। वडा नम्बर १० स्थित निलोपुलमा माओवादी केन्द्रको कार्यालय उदघाटन गरिएको हो।
नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज विदुर खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यलय उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं १० का अध्यक्ष माधव प्रसाद न्यौपानेले गरेका थिए।
आजको पार्टी कार्यलय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना भएको थियो।सो कार्यक्रममा बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष भाइनारायण श्रेष्ठ लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियोे ।







