चैत १ / धितोपत्र बजारमा एनटिसि शेयर कारोबार मंगलवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
अहिले कारोबार अवधिसम्ममा कारोबारमा धितोपत्रमध्ये उक्त कम्पनीको रू. २१ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो।
नेप्से परिसूचक १६ दशमलव ३१ अंक घटेर २ हजार ६५१ दशमलव ८० विन्दुमा रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ५८ करोड बराबरको शेयर खरीदविक्री भएको छ।







