चैत, ३ काठमाडौ / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको हो ।
नेकपा एकीकृत समाजवादीका पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताएका छन भने बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको समेत टुंगो लगाउने छ भनी जानकारी प्रदान गरेको हो।
नेकपा एमाले,काङ्ग्रेस तथा माओवादी केन्द्रको यस बिषयमा टुंगो लगाइसकेको छ भने एकीकृत समाजवादीले आजको बैठक बाट स्थानिय निर्वाचनको उम्मेदवारको बिषयमा निकाय अनि हस्ताक्षर अधिकारीको टुंगो लगाउन लागिएको हो।







