पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाल पन्ध्र हजार मत नजिक रहेकी छन् । बिहीबार बिहानसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले १४ हजार ३७७ मत ल्याएकी छिन् ।
उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याउँदै छन् । सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् । रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । रेणु २९ सय ४६ मतले सुवेदी भन्दा अघि छन् ।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।







