नेकपा एकीकृत समाजवादी मीनाकुमारी लामा २३ हजार ८० मत ल्याएर विजयी भएकी हुन्।हेटौंडा महानगरपालिकामा गठबंधनको तर्फबाट नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा मिनाकुमारीको उम्मेदवार रहेको थियो ।
उनकाे प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलको २० हजार ९ सय ८ र राप्रपाका दीपकबहादुर सिंहको २० हजार ५ सय ३१ मत आएको छ।मत गणनाको क्रममा विभिन्न उतारचढावका बाबजुद अन्तत नेकपा एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाको जित निश्चित भएको हो।







