पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना सवार रहेको खुलेको छ।
बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।







