बूढानीलकण्ठ नगरपालिकामा सर्वाधिक विवादित वडा मध्य एक वडा हो बूढानीलकण्ठ नगरपालिकाको १३ नम्बर वडा, उक्त वडामा धेरै पहिले देखि नै प्राकृतिक स्रोतको दोहन, अव्यवस्थित प्लटिङ्ग, अवैधानिक बालुवाको लागि खोलानाला एवं डाडापाखा उत्खनन रहेकोे छ भने त्यस्मध्य सर्वाधिक विवादित एवम् चर्चाको विषयमा रहेकोे बालुवा वासिङ्ग केन्द्र संचालन हो। जुन अवैधानिक तरिकाले खोलाको बालुवा निकाली तथा त्यहाको वरिपरिको डाडापाखाहरु भत्काइ बालुवा निकाली वासिङ्ग सेन्टरले निरन्तर प्राकृतिक स्रोतको दोहन गरिरहेको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा २०७४ को निर्वाचन पछि स्थानिय सरकार बनिसकेपछि झन शक्तिको आडमा बिना प्रक्रिया पुर्याएर बालुवा वासिङ्ग सेन्टर निरन्तर चलिरहेको थियोे।उक्त बिषयमा धेरै विवाद तथा निरन्तर समाचारको हेडलाईन समेत बनेको साथै सम्बन्धित निकायमा दर्ता बिना नै संचालन गरिएको भनी जरिवाना असुलेको र बालुवा वासिङ्ग सेन्टरलाई चल्न दिने या नदिने भनेर सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गर्नुपरेको थियोे ।

यस बिषयमा ४ बर्ष देखि निरन्तर खबरदारी गरिरहदा बन्द भएको भनिएको बालुवा वासिङ्ग सेन्टर फिल्डमा बन्द भने नभएको पाइएको छ। हालै सम्पन्न स्थानिय तहको निर्वाचन बाट बूढानीलकण्ठ नगरपालिकामा प्रमुखको रुपमा मिठाराम अधिकारि, उपप्रमुखमा अनिता लामा तथा उक्त नगरपालिकाको वडा नम्बर १३ मा टीकानारायण श्रेष्ठ निर्वाचित भएर आइसकेका छन।

नगरप्रमुख तथा वडा अध्यक्षले उक्त बालुवा वासिङ्ग सेन्टरले आफ्नो गतिविधि बन्द भैसकेको भनिएता पनि निरन्तर संचालनमा नै रहेकोे फिल्डको जानकारी गराउदा उक्त बिषयमा एक अन्लाईन न्युजको प्रश्ननमा उक्त बालुवा वासिङ्ग सेन्टर बन्द नै रहेकोे मेयर मिठाराम अधिकारी तथा वडा अध्यक्ष टिकानारायण श्रेष्ठ जानकारी दिएको भनी बुझिएको छ।

उक्त बालुवा वासिङ्गले गर्दा त्यस वरिपरिको खोलानालाको स्वच्छ तथा सफापानी सेतो लेदो जस्तो पदार्थमा परिणत भएको छ भने त्यस ठाउँमा मृत्यु पश्चात् गरिने काजकृयामा समेत बाधा भएको भनी विरोध गरिएको थियो भने ठुला बालुवा बोक्ने टिपरहरुले पिच सडक बिगारेको तथा धुलोधुवा ले घरमा बस्न नसक्ने अवस्था सिर्जना गरेको भनी स्थानियहरुले आवाज उठाएको थियोे त्यसबाट वरिपरिको वातावरण समेत पदूषण भएको तथा राज्यले ठुलो रकम खोलानाला सफा संरक्षण गर्नुपर्छ भनी निरन्तर अभियानहरु संचालन गरिरहदा चिहानेखोलाको दुर्दशाले भने राज्यलाई गिज्याइरहेको अनुभुती हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय