असार २७ काठमाडौ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयद्वारा आयोजित राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य,कला, संस्कृतिको विकास र जगेर्ना गर्नु सरकारका प्रमुख दायित्व हो नेपाली भाषा संस्कृति साहित्य र कलाले विश्वमा नेपालको छुट्टै पहिचान बनाउन सफल भएको भनी प्रधानमन्त्रीले बताउनुभएको थियो। उहाँका अनुसार “धेरैजसो सर्जकका कारण विश्वमा नेपाल चिनिने अवस्था पनि सिर्जना भएको छ, भविष्यमा पनि नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा सर्जकको भुमिका महत्वपूर्ण रहने बताउनुभएको छ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा साहित्य कला संस्कृतिको विकासबिना मुलुकको समग्र विकास हुन नसक्ने बताउनुभयो उहाँले भन्नुभयो मुलुक विकसित हुन बस्ती विकास भएर मात्र पुग्दैन मुलुकको भाषा साहित्य कला संस्कृतिको विकास पनि उत्तिकै हुनुपर्छ त्यसका लागि सर्जकको भूमिका मुख्य रहन्छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा आयोजित राष्ट्रिय प्रतिभा पुरस्कार मा विभिन्न विधामा पुरस्कृत हुने विभिन्न स्रष्टा र सर्जकलाई नगद तथा सम्मानपत्रसहित पुरस्कार प्रदान गरेको थियो विभिन्न विधामा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पाउने ४३ जना सर्जकलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय