नेपाल बैंक  लिमिटेडले काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ।

नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले गत सोमबार एटीएमको समुद्घाटन गरेका थिए।

नेपाल बैंक लिमिटेड द्वारा देशभर २१९ शाखा, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा पुर्‍याइरहेको नेपालको पुरानो बैंक हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय