नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कोभिडको संक्रमण,पुर्व निर्धारित कार्यक्रमहरु सबै स्थागित ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोभिडको संक्रमण देखिएको छ।उहाँले आज आफ्नो सामाजिक संजाल मार्फत आफुलाइ कोभिडको संक्रमण देखिएकोले आराम गरिरहेको तथा भेटघाट लगायतका कार्यक्रमहरु स्थगित गरिएको भनी जानकारी दिनुभएको छ।
सामाजिक संजाल फेसबुकमा शेयर गरिएको ।
आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।







