आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाँध्ने गरिन्छ भन्ने सरकारले आज सार्वजनिक बिदा पनि दिएको हो।

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनै र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाँटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । आज काठमाडौंको मणिचूड, ललितपुरको कुम्भेश्वरलगायत क्षेत्रमा बिहानैदेखि मेला लाग्ने गर्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय