नेकपा एस पार्टी एकताको मुडमा ।माओवादी केन्द्रसङ्ग बाबुराम भट्टराई र वामदेव गौतम नजिकिएर उक्त पार्टीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति भएपछि एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्ने तयारीमा जुटेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी एकताका लागि संयोजन समिति बनाउने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ ।
आज बसेको उक्त पार्टीका पदाधीकारीको बैठकले माओवादी केन्द्र अध्यक्ष प्रचण्डकै प्रस्ताव स्वीकार गर्दै एकता संयोजन समिति बनाउने निर्णय गरेको हो ।चुनाव अघि संभव नभए पनि चुनाव पछि पार्टी एकता गर्ने तयारीमा दलहरु जुटेका हुन् ।बैठकले प्रतिनिधि सभाको सिट वाँडफाँट गर्दा अहिले पाँच दलले पाएकै सिटलाई आधार मानेर एमालेले जितेका प्रत्यक्षतर्फका ८१ सिटको भागवण्डा गरेर जानुपर्ने प्रस्ताव अघि बढाउन सुझाव समेत दिएको छ।







