नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला नेतृत्वमा हालै परिवर्तन भएको छ । नेकपा एकीकृत समाजवादीको काठमाडौ जिल्ला अध्यक्ष कुसुम कार्की थिए ।
कार्की केन्द्रीय सदस्य मनोनित भएपछि नेतृत्व परिवर्तन भएको हो । यहि शनिबार बसेको जिल्ला कमिटी बैठकले काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठलाई चयन गरेको हो भने सचीवमा धुर्वराज न्यौपाने भएका हुन।
अध्यक्ष श्रेष्ठ हालै सम्पन्न स्थानियतहको निर्वाचनमा शंखरापुर नगरपालिकाको मेयरमा गठबन्धनबाट उठेर पराजित भएका थिए ।त्यस्तै श्रेष्ठ अध्यक्ष भएपछि रिक्त रहेको सचिव पदमा धुर्बराज न्यौपाने चयन भएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका युवा नेता न्यौपाने यसअघि उपसचिव रहि आफ्नो कार्यभार सम्हालेका थिए ।







